यौन दुर्व्यवहारमा परेकी राउटे युवतीहरू बस्तीमा फर्किए, सुरक्षित होला भन्ने आशा

काठमाडौँ । सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका ११ आँपसोतीको भेरी नदी किनारमा बस्दै आएका राउटे समुदायकी दुई युवती आफ्नै बस्ती (क्याम्प)मा फर्केका छन् । सोही नगरपालिका मेहलकुनाका स्थानीय तीन युवाले उनीहरूलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेका थिए ।
दुई राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने ३५ वर्षीय दोमनबहादुर घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका विनोद पुनलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूलाई गत आइतबार नै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (डिएसपी) रामप्रसाद घर्ती मगरले जानकारी दिए ।
यौन दुर्व्यवहारको भिडियो सार्वजनिक भएसँगै प्रहरीले राउटे समुदायलाई सोमबारदेखि विशेष निगरानीमा राखेको छ । सार्वजनिक भएको भिडियो राउटे समुदायका बासिन्दाले देखेका यौन दुर्व्यवहारमा परेकी युवतीहरूको ज्यान जोखिममा पर्ने भन्दै बस्तीलाई प्रहरीले सुरक्षा व्यवस्था गरेको हो ।
राउटे समुदायमा बाहिरी मानिससँग घुलमिल भए कडा कारबाही गर्ने व्यवस्था रहेको छ । उक्त घटना राउटे समुदायमा पुगे उनीहरूको ज्यान जोखिममा हुन सक्ने प्रहरीले जनाएको छ ।
‘राउटे समुदायमा भित्री कारबाही हुने जानकारी आएको छ, तर कस्तो कारबाही हुने हो ? उहाँहरूको आफ्नै कानुन छ भन्ने विषयलाई विश्वास गर्न सकिँदैन,’ डिएसपी मगरले भने, ‘उहाँ (पीडित युवती)हरू आफ्नै क्याम्पमा जानु भएको छ, हामीलाई भेट्न दिएको छैन, त्यो हिसाबले उहाँहरूको अवस्था के छ भन्ने यथार्थ थाहा छैन, सुरक्षित हुनु हुन्छ होला भन्ने आशा छ ।’ भोलि युवतीमाथि तलमाथि भए ठूलो चुनौती हुन सक्ने उनले बताए ।
राउटे समुदायका युवा युवतीलाई आर्थिक प्रलोभन तथा मदिरा सेवन गर्न लगाएर मानसिक र यौन गतिविधि बढेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय अन्य मानिससँग घुलमिल हुन नरुचाउने राउटे समुदायमा युट्युब, टिकटकलगायत सामाजिक सञ्जालका लागि पोष्ट गर्न मान्छेहरू जाने गरेका छन् । राउटे बस्ती पुग्नेहरूले उनीहरूलाई मदिरा सेवन गराउने, अश्लिल शब्दहरू बोल्न लगाउने, यौन दुव्र्यवहार गर्नेलगायतका अश्लिल काम गर्न लगाएको पाइएको प्रहरीले जनाएको छ । ‘अनैतिक गतिविधि गर्ने भएकाले बस्तीमा बाहिरी मान्छे प्रवेश गर्न रोक लगाएका छौँ,’ डिएसपी मगरले भने ।
डिएसपी मगरका अनुसार पक्राउ परेका तीन जनालाई इलाका प्रहरी कार्यालय छिञ्चुमा राखिएको छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















राष्ट्रिय सहमतिमै संविधान संशाेधन गर्ने संयोजक असिमकाे प्रष्टाेक्ति
कांग्रेसको पूर्णबहादुर खड्का समूह बैठक बस्दै
आजको मौसम : यी प्रदेशमा बर्सात हुने
इरानलाई सहयोग जारी राख्ने रुसी राष्ट्रपति पुटीनको घोषणा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया