नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख नाघ्यो
मेरोन्यूज
२०७८ जेठ २५ गते १६:५६

काठमाडौं । नेपालमा कोरोना निको हुनेको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ५७० जना संक्रमणमुक्त भएसँगै ५ लाख ४ हजार ५३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १०८ जना संक्रमितको मृत्यु भएको छ । हाल विभिन्न अस्पताल तथा आईसोलेसनमा ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा छन् । नेपालमा ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया