एमाले प्रवेश गरेका पूर्वमाओवादी नेता साह भन्छन्- ‘बबुर राेपेर आँपकाे अपेक्षा गर्नु’ मुर्खता हाे

काठमाडाैं । संसदीय व्यवस्थाविरूद्ध १० वर्ष जनयुद्ध लडेर हालै एमाले प्रवेश गरेका पूर्वमाओवादी नेता प्रभु साहले अहिलेकाे व्यवस्थाप्रति गम्भीर असहमति प्रकट गरेका छन् । आज सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले यही अवस्थाकाे संसदीय व्यवस्थाबाट अद्भुत नतिजा खाेज्नु “बबुर रोपेर आँपको अपेक्षा गर्नु” बराबरको मुर्खता हो भनेकाे छन् ।
मधेसका प्रभावशाली नेता साहले देश र जनताकाे दिगाे हितलाई केन्द्रमा राखेर वर्तमान संविधानकाे पुनर्लेखनकाे आवश्यकता औंल्याएका छन् । उनले संविधान निर्माणमा जुटेकाे सबै शक्तिलाई आत्मालाेचना गर्न पनि आग्रह गरेका छन् ।
उनकाे फेसबुक स्टाटस यस्ताे छः
संवैधानिक प्रावधानहरु बारेको फरक बुझाईले गर्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोलचक्करमा फंस्दै गएको सन्दर्भमा गलत प्रवधानहरुलाई सुधार गर्न गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलमा वर्तमान व्यवस्था संकटमा परेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुङ्गमा थकेल्नु हो ।संविधान निर्माणको तक्माधारीहरुले विगतमा गरेका आफ़नो गल्तीप्रति आत्मिलोचित हुदैं देशमा बेथिती, आरजकता, अस्थीरता, अस्तव्यस्तता एवं फोहरी संसदीय खेलको राईता फैलाउने मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समय सापेक्ष आवश्यक संसोधन/परिमार्जन गर्नुको सट्टा कुनैपनि वहानामा अहिलेको यस व्यवस्थासंग सति जान खोज्नु वा यसबाट कुनै अद्भुत नतीजाको अपेक्षा राख्नु भनेको “बबुर रोपेर आँपको अपेक्षा गर्नु” बराबरको मुर्खता हो । तसर्थ, देश र जनताको दिगो हितलाई केन्द्र विन्दुमा राखी वर्तमान संविधानको पुर्न:लेखनको जरूरी छ । यसमा सम्बन्धित सबै पक्षको समयमैं ध्यान पुगोस् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया