हात हतियारसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २६ गते १२:०९

काठमाडौँ । अवैध हात हतियार बोकेर हिँड्ने दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल, राइफलको गोली र खुकुरीसहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले केराबारी गाउँपालिका ९ देवी झोडा बस्ने ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका २ बस्ने ४१ वर्षीय पदम कुमार लिम्बुलाई पक्राउ गरेको हो । सूचनाको आधारमा प्रहरीले गणेश लिम्बुको घरमा खानतलासी गर्ने क्रममा ५ वटा गोली, गोली लोड गर्ने चाचर २ वटा, पेस्तोलको गोली एउटा फेला पारेको थियो ।
त्यस्तै, उनकै घरमा पार्क गरेको पदम कुमार लिम्बुको को १ च ८३६८ नम्बरको कारमा खुकुरी र चक्कु फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी मानबहादुर राईले जानकारी दिए । उनीहरूविरुद्ध हातहतियार तथा खरखजना कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया