हात हतियारसहित दुई जना पक्राउ
मेरोन्यूज
२०७८ जेठ २६ गते १२:०९

काठमाडौँ । अवैध हात हतियार बोकेर हिँड्ने दुई जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले कटुवा पेस्तोल, राइफलको गोली र खुकुरीसहित २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले केराबारी गाउँपालिका ९ देवी झोडा बस्ने ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका २ बस्ने ४१ वर्षीय पदम कुमार लिम्बुलाई पक्राउ गरेको हो । सूचनाको आधारमा प्रहरीले गणेश लिम्बुको घरमा खानतलासी गर्ने क्रममा ५ वटा गोली, गोली लोड गर्ने चाचर २ वटा, पेस्तोलको गोली एउटा फेला पारेको थियो ।
त्यस्तै, उनकै घरमा पार्क गरेको पदम कुमार लिम्बुको को १ च ८३६८ नम्बरको कारमा खुकुरी र चक्कु फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी मानबहादुर राईले जानकारी दिए । उनीहरूविरुद्ध हातहतियार तथा खरखजना कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
प्रतिक्रिया