साथीको हत्या अभियोगमा पुरुष पक्राउ

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका २ मोतीपुरस्थित डेरामा बस्ने अन्दाजी ३६ वर्षीय पुरुषको हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले कैलारी गाउँपालिका ४ घर बताउने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो ।
सोमबार दिउँसो ४ बजे मोतीपुरस्थित डेरामा मृत अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका थिए । उनको टाउको पछाडि चोट लागेको थियो । उनी विगत एक महिनादेखि पदमबहादुर बुढा क्षेत्रीको घरमा डेरा लिएर बस्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।
सँगै बसेर मापसे गरेका उनीहरूबीच विवाद भएको थियो । विवादकै क्रममा सोमबहादुरले फलामको कर्नीको प्रयोग गरी विशालको टाउकोमा हिर्काएर हत्या गरेको एसपी जबराले मेरोन्युजलाई बताए । ‘पहिले हत्या गरेको हैन भन्दै अस्वीकार गरेका थिए, तर पछि उनले आफूले टाउकोमा कर्नी प्रहार गरेर हत्या गरेको स्वीकारेका छन्,’ एसपी जबराले भने ।
एसपी जबराका अनुसार घटनाको अनुसन्धान गर्दा फरार रहेका बस्नेतलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले वीरेन्द्र सामुदायिक वनबाट पक्राउ गरेको हो । विशालको मृत्युपछि सोमबहादुर घटनास्थलबाट फरार भएका थिए ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ । हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार उनलाई अदालतमा लैजाने तयारी छ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
साथीहरूकाे सहयाेगले केन्द्रीय सदस्य बन्छु : मेनका पछाई (अन्तर्वार्ता)
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया