साथीको हत्या अभियोगमा पुरुष पक्राउ

काठमाडौँ । कैलालीको लम्कीचुहा नगरपालिका २ मोतीपुरस्थित डेरामा बस्ने अन्दाजी ३६ वर्षीय पुरुषको हत्याको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले कैलारी गाउँपालिका ४ घर बताउने ३९ वर्षीय सोमबहादुर बस्नेतलाई मंगलबार पक्राउ गरेको हो ।
सोमबार दिउँसो ४ बजे मोतीपुरस्थित डेरामा मृत अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका थिए । उनको टाउको पछाडि चोट लागेको थियो । उनी विगत एक महिनादेखि पदमबहादुर बुढा क्षेत्रीको घरमा डेरा लिएर बस्दै आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले बताए ।
सँगै बसेर मापसे गरेका उनीहरूबीच विवाद भएको थियो । विवादकै क्रममा सोमबहादुरले फलामको कर्नीको प्रयोग गरी विशालको टाउकोमा हिर्काएर हत्या गरेको एसपी जबराले मेरोन्युजलाई बताए । ‘पहिले हत्या गरेको हैन भन्दै अस्वीकार गरेका थिए, तर पछि उनले आफूले टाउकोमा कर्नी प्रहार गरेर हत्या गरेको स्वीकारेका छन्,’ एसपी जबराले भने ।
एसपी जबराका अनुसार घटनाको अनुसन्धान गर्दा फरार रहेका बस्नेतलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले वीरेन्द्र सामुदायिक वनबाट पक्राउ गरेको हो । विशालको मृत्युपछि सोमबहादुर घटनास्थलबाट फरार भएका थिए ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ । हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार उनलाई अदालतमा लैजाने तयारी छ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया