बंगलादेशबाट आइपुग्यो साढे ३२ हजार मेट्रिकटन मल
काठमाडौँ । बंगलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरिद सम्झौताअनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा मल आइपुगेको हो ।
जिटुजी सम्झौताअनुसार बंगलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउने छ । तीमध्ये बाँकी रहेको १७ हजार ५ सय मेट्रिकटन मल आउने क्रममा रहेको सो कार्यालयका प्रबन्धक गोरखनाथ केसीले जानकारी दिए । बाँकी रहेको मल कोलकाता बन्दरगाहको बाटो गरी रेलमार्गबाट वीरगञ्जको सिर्सियास्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा आउने छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणले सबै क्षेत्र प्रभावित भएकाले बाँकी मल आउन ढिलाई भएको प्रबन्धक केसीले बताए । उनका अनुसार बाँकी रहेका मल छिट्टै उपलब्ध गराउन नेपाल सरकार तथा बंगलादेशस्थित नेपाली दूतावासले प्रयास गरिरहेको छ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया