३० लाख बढी अवैध रकम सहित २ भारतीय पक्राउ
मेरोन्यूज
२०७८ जेठ २६ गते १५:२१

काठमडौं । रौतहटबाट श्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
प्रहरीले बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई पक्राउ गरेको हो ।
भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो। सो चेक गर्दा प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
यस्तो छ आको विदेशी मुद्राको विनिमयदर
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया