विश्वासको मत प्राप्त नभए संविधानअनुसार अघि बढ्छु : गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत मागेका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।
उनले प्रदेश सभामा बोल्दै विश्वासको मत प्राप्त नभएमा संविधानअनुसार अघि बढ्ने बताएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाए प्रदेशसभा विघटन हुन सक्ने संकेत दिएका छन् । प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको भन्दै उनले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार सञ्चालन गरेर उपधारा ४ अन्तर्गत विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएको बताए ।
उनले भने, ‘विश्वासको मत पाएमा सरकारको नीति तथा कार्यक्रम पेस गरी गण्डकी प्रदेशसभा बैठकमा बजेट पेस हुने छ । संवैधानिक व्यवस्थाअनुसार अघि बढ्नुपर्ने व्यहोरा अवगत गराउन चाहन्छु ।’ प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको तीन वर्षको प्राप्त उपलब्धिबारे चर्चा गरेका थिए ।
मुख्यमन्त्री गुरुङले तीन वर्षको अवधिमा सरकारले समृद्ध प्रदेश निर्माणको बलियो आधारशिला निर्माण गरेको बताए । उनले संवैधानिक व्यवस्था र संघीयताको मर्म बमोजिम प्रदेश सरकारका सेवा प्रभावकारी रुपमा प्रवाह गरेको बताए । उनले दलहरुबीच सहमतिमै प्रदेशको नाम र राजधानी तोकिएको उल्लेख गरेका थिए ।

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया