विश्वासको मत प्राप्त नभए संविधानअनुसार अघि बढ्छु : गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत मागेका छन् । प्रदेशसभाको बिहीबार बसेको बैठकमा उनले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।
उनले प्रदेश सभामा बोल्दै विश्वासको मत प्राप्त नभएमा संविधानअनुसार अघि बढ्ने बताएका छन् । मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाए प्रदेशसभा विघटन हुन सक्ने संकेत दिएका छन् । प्रदेशसभामा विपक्षी गठबन्धनको बहुमत पुग्ने सम्भावना नरहेको भन्दै उनले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार सञ्चालन गरेर उपधारा ४ अन्तर्गत विश्वासको मतका लागि प्रदेशसभामा उपस्थित भएको बताए ।
उनले भने, ‘विश्वासको मत पाएमा सरकारको नीति तथा कार्यक्रम पेस गरी गण्डकी प्रदेशसभा बैठकमा बजेट पेस हुने छ । संवैधानिक व्यवस्थाअनुसार अघि बढ्नुपर्ने व्यहोरा अवगत गराउन चाहन्छु ।’ प्रदेश सभामा विश्वासको मत माग्ने क्रममा उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको तीन वर्षको प्राप्त उपलब्धिबारे चर्चा गरेका थिए ।
मुख्यमन्त्री गुरुङले तीन वर्षको अवधिमा सरकारले समृद्ध प्रदेश निर्माणको बलियो आधारशिला निर्माण गरेको बताए । उनले संवैधानिक व्यवस्था र संघीयताको मर्म बमोजिम प्रदेश सरकारका सेवा प्रभावकारी रुपमा प्रवाह गरेको बताए । उनले दलहरुबीच सहमतिमै प्रदेशको नाम र राजधानी तोकिएको उल्लेख गरेका थिए ।














दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
टोखाबाट यसवर्ष पाँच करोड बढीको चाकू बिक्री
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
प्रतिक्रिया