जसपा र जनमोर्चाले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने
मेरोन्यूज
२०७८ जेठ २७ गते १४:५१

पोखरा । गण्डकी प्रदेशसभाका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने भएका छन् ।
मुख्यमन्त्री गुरुङले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावबारे धारणा राख्दै जसपा सांसद हरिशरण आचार्य र राष्ट्रिय जनमोर्चाकी सचेतक पियारी थापाले प्रस्तावको विपक्षमा मतदान गर्ने बताएका छन् ।
गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ सांसद र जनता समाजवादी पार्टीका २ जना सदस्य रहेका छन् । राष्ट्रिय जनमोर्चाका सांसद कृष्णबहादुर थापाले पार्टीको निर्देशन नमान्ने र गुरुङलाई विश्वासको मत दिने बताइसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया