को हुन् सञ्चारमन्त्री नैनकला थापा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज क्याविनेट विस्तार गर्न लागेका छन् । ओलीले आफैसँगै राखेका ७ मन्त्रालयमा मन्त्री थप गरेर विस्तार गर्न लागेका हुन् ।
उनले आज ७ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्न लागेका छन् । त्यसमा सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापा बन्न लागेकी छिन् ।तत्कालिन गृहमन्त्री रामवहादुर थापाकी पत्नी नैनकला सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्न लागेकी हुन् ।
बुटबलमा जन्मिएकी थापासँग यस अगाडी राष्ट्रिय महिला आयोगको अध्यक्ष भएर ४ वर्ष काम गरेको अनुभव छ । त्यस्तै उनी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य पनि छिन् । तत्कालिन माओवादी केन्द्रको उनी केन्द्रीय सल्लाहकार थिइन् ।
२०३५-०३६ सालदेखि नै राजनीतिमा रहेकी थापा महिला संगठनको नेतृत्वसम्म पनि सम्हालेकी नेतृ हुन् ।
यस्तो छ उनको परिचय :
नाम : नैनकला थापा
जन्मस्थान : बुटवल
हाल : चितवन
शैक्षिक योग्यता : वि.ए., वि.एड.
अनुभव :
पूर्व शिक्षिका : – कालिका मा.वि. बुटवल
– नारायणी मा.वि चितवन
संगठन : २०३५-०३६ विद्यार्थी आन्दोलनमा सहभागी
२०३८ : नेकपा (चौम) पार्टी सदस्य
२०३८ : अ.ने.म.संघ जिल्ला सचिव
२०४२ : अ.ने.म.संघ केन्द्रयि महासचिव
२०४७ : अ.ने.म.संघ केन्द्रीय संयोजक
२०५० : एककिृत अ.ने.म.संघ केन्द्रीय महासचिव
२०६४-२०६८ : राष्ट्रिय महिला आयोग अध्यक्ष
– तत्कालिन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार
– महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको महिला सम्वन्धी विज्ञ समुहको सदस्य















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया