लगातार २ दिन नेप्सेमा गिरावट

काठमाडौँ । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक कारोबार हुने साताको अन्तिम दिन सामान्य अंकले ओरालो लागेको छ ।
हिजो बुधबार नेप्से १३ दशमबल ५६ अंकले घटेको नेप्से बिहिबार १ दशमलब ८ अंकले घटेर २ हजार ९ सय ४४ दशमलब ७८ को बिन्दुमा पुगेको छ ।
बिहिबार १२ कम्पनीको सेयर मूल्यमा सकारात्मक र हाइड्रोमा लगानीकर्ताको आकर्षण देखिएको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल २ सय २० कम्पनीको १६ अर्ब १० करोड ४ लाख १२ हजार ४ सय ३६ रुपैयाँ बराबरको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर किनबेच भएका छन् ।
आज पाँचथर पावर कम्पनी, शिव श्री हाईड्रोपावर लिमिटेड लगायत १२ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ ।
त्यस्तै, हाईड्रोपावर, विकास बैंक लगायत ६ समूहको समूहगत सुचक बढेको छ भने जीवन बीमा, बैंक लगायत ७ समूहको समूहगत उपसुचक घटेको स्टक एक्सचेञ्जले जनाएको छ ।








रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया