मंगलबार, वैशाख १५, २०८३

बालबालिकाहरुमा देखिने ‘मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ के हो ?

यस्ता लक्षणदेखि तुरुन्तै अस्पताल लैजाने

मेरोन्यूज २०७८ जेठ २८ गते १४:४७

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमित वा संक्रमितसँग सम्पर्कमा आएका बालबालिकाहरूलाई मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन् ।

Advertisement
NiccNicc

कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अगं सुनिने समस्या देखिने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखा पर्छ।

यी हुन ‘मल्टीसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम’ १० लक्षणहरू
१.आँखा रातो हुनु
२.सास र्फेन गाहो हुनु
३. घाँटी दुख्नु
४.पेट दुख्नु
५. ज्वरो आउनु
६. पखाला लाग्नु
७. छाला, ओठ वा नङ निलो हुनु
८.शरीरमा डाबर आउनु
९.थकान महसुस हुनु
१०. टाउको दुख्नु

यस्ता लक्षण देखा परे के गर्ने ?
मन्त्रालयका अनुसार यो समस्या के कारणले देखिन्छ भनेर यकिन भइसकेको छैन। तर, यो कोरोना भाइरस संक्रमित वा संक्रमित सँग सम्पर्कमा आएका बालबालिकामा देखिने गरेको छ। यस्तो समस्या आउनै नदिने प्रमुख बच्ने उपाय हो। बालबालिकाहरुलाई तीन दिनसम्म ज्वरो आएमा र माथिका उल्लेखित लक्षण मध्ये कम्तीमा अन्य कुनै दुई वटा लक्षण देखा परेमा तुरून्त अस्पताल लैजानुपर्छ ।

प्रतिक्रिया