मंगलबार, वैशाख १५, २०८३

पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा जुनोटिक रोगलाई प्राथमिकता

मेरोन्यूज २०७८ जेठ २८ गते १५:११

काठमाडौं । सरकारले पशुपंक्षीबाट मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकिकरण गरेको छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेलले इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, ब्रुसेलोसिस, सालमोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस हाइडाटिडोसिस र टोक्जोप्लास्मोसिसलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

Advertisement
NiccNicc


डा.पौडेलले नयाँ निर्णयपछि सबै पक्षले यी प्राथमिकता परेका अवस्थाहरूको आवस्यक तयारी तथा जनचेतना प्रयोगशाला किटहरूको व्यवस्थापनका साथै औषधि व्यवस्थापन गर्न सहज हुने बताए ।

यसअघि स्वास्थ्य मन्त्रालयले जुनोटिक रोगहरुको प्राथमिकिकरण निर्धारण महाशाखालाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया