मंगलबार, चैत ५, २०८१

गण्डकी प्रदेशमा नयाँ सरकारको दाबी पेश हुँदै

मेरोन्यूज २०७८ जेठ २८ गते १६:४०

काठमाडौँ । गण्डकी प्रदेशमा विपक्षी गठबन्धनले आज शुक्रबार नयाँ सरकार गठन गर्न दाबी पेश गर्ने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेसँगै गठबन्धनले दाबी पेस गर्ने भएको हो ।

गठबन्धन पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र जनमोर्चा सम्मिलित रहेको छ । गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने भएका छन् ।

त्यसका लागि प्रदेश प्रमुख पौडेलसँग समय मागिएको छ । गठबन्धनको पक्षबाट कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा प्रस्तावित गरी दाबी पेस गर्ने तयारी भएको छ ।

आज मात्र प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (५) बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

गण्डकी प्रदेशमा कांग्रेसका १५, माओवादीका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद एक गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी पेस गरिँदैछ ।

प्रतिक्रिया