बिहीबार, वैशाख १०, २०८३

आइतबारदेखि नर्भिक इन्टरनेशनल हस्पिटलले ओपीडी सेवा सञ्चालनमा आउने

मेरोन्यूज २०७८ जेठ २८ गते १७:०८

काठमाडौं । आइतबारदेखि नर्भिक इन्टरनेशनल हस्पिटलले ओपीडी सेवा पूर्णरुपमा पुनः सञ्चालनमा ल्याउने भएको छ । पछिल्लो समय कोभिड संक्रमण निरन्तर घटिरहेको छ। कोभिड संक्रमण घटेसँगै अस्पतालमा उपचारका लागि आउने नन्‌कोभिड बिरामीहरुको चाप पनि बढेको अस्पतालले जनाएको छ। कोरोनाको दोश्रो लहरको संक्रमण तीव्र रुपमा बढेपछि बिरामीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर नर्भिकले ओपीडी सेवा बन्द गरेको थियो।

Advertisement
NiccNicc

कोभिडका बिरामीको संख्या घट्नु र नन्‌कोभिडका बिरामीको संख्या बढ्दै गएपछि उनीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी निजी अस्पताल सञ्चालकहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल (अफिन) को निर्णयअनुसार नर्भिकले ओपीडी सेवा पुनः सञ्चालन गर्न लागेको जनाएको छ।

नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार अस्पतालमा आउने बिरामीहरुको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर पूर्ण रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित ओपीडी सेवा सञ्चालनमा ल्याइनेछ।

प्रतिक्रिया