नेपाल भर्सेज अष्ट्रेलिया
नेपाल बलियो प्रतिस्पर्धी अष्ट्रेलियासंग ३-० ले पराजित
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भन्छन् : खेलाडीहरुले गोर्खाली शैलीमा खेले, सन्तुष्ट छु ।

काठमाडौं । विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासंग ३-० ले पराजित भएको छ । शुक्रबार राती कुवेतको राजधानी कुवेत सिटिस्थित जाबेर अल अहमद अन्तराष्टिय रंगशालामा भएको खेलमा नेपाल आफुभन्दा निक्कै बलियो प्रतिस्पर्धी अष्ट्रेलियासंग पराजित भएको हो ।
दोस्रो हाफमा एक खेलाडी कम रहेर नेपालले खेलेको थियो ।
पहिलो हाफमा अष्ट्रेलियाले नेपाल विरुद्ध दुई गोल गरेको थियो भने नेपालका रोहित चन्दले पहिलो हाफको अन्तिम समयतिर रातो कार्ड पाएर मैदान छोडनु परेको थियो ।
त्यसपछि दोस्रो हाफमा नेपालले अष्ट्रेलियासँग १० खेलाडीमा सिमित भएर खेलेको थियो । दोस्रो हाफमा नेपालले थप एक गोल मात्र खाएको थियो । फिफा वरीयतामा ४१ औ स्थानमा रहेर अष्ट्रेलिया नेपालभन्दा १३० स्थान माथि छ । नेपाल १७१औं स्थानमा छ । एसिया कप जितिसकेको अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध नेपाली खेलाडीले हार ब्यहोरेपनि राम्रो प्रर्दशन गरेका थिए ।
यसअघि २०१९ मा अष्ट्रेलियामा खेलेको खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।
विश्वकप छनोटबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा बलियो अष्ट्रेलियासंग नतिजा भन्दा पनि प्रदर्शनमा जोड दिएर खेलेको नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलअघि बताएका थिए । उनले अष्ट्रेलिया विरुद्धको खेलमा अघिल्लो खेलमा जोर्डन विरुद्ध खेलेका नेपाली टिममा ५ खेलाडी परिवर्तन गरेका थिए ।
अन्जन विष्टसहित अभिषेक रिजाल सन्तोष तामाङ दिनेश राजवंशी र विकास खवासको स्थानमा नवयुग श्रेष्ठ सुनिल बल एरिक विष्ट विशाल राई र गौतम श्रेष्ठ पहिलो रोजाईँमा खेलेका थिए ।
अष्ट्रेलिया विरुद्ध नेपालका तीन युवा खेलाडीले डेब्यु गरेका थिए । पहिलो पटक राष्ट्रिय टिममा परेका आयुष घलान, सुरजज्यु ठकुरी र कमल थापाले दोस्रो हाफमा मेदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यु गरेका हुन् ।
तीनै खेलाडी इन्जुरी टाइममा मैदान प्रवेश गरेका थिए ।
खेलपछि नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नेपालको प्रदर्शनबाट खुशी रहेको प्रतिक्रिया दिएका छन् । प्रशिक्षक अलमुताइरीले नेपाली खेलाडीहरुले गोर्खाली शैलीमा खेलेको बताए ।
‘नेपालीहरु विश्वमा गोर्खाली भनेर चिनिन्छन् । आज हाम्रो खेलाडीले गोर्खाली जसरी नै खेल्यौँ । १० खेलाडी होस् या ११, हामीले हरेक समय भिडेर खेल्यौं ।’ उनले भने ।


















दक्षिण फिलिपिन्समा उग्रवादीमाथि कारबाही
दलको नेताबारे छलफल गर्न कांग्रेस सांसदहरुको बैठक बस्दै
Minister Dr Timilsina visits Security Printing Center, takes updates on license printing
दुई दिनको बिदाले पर्यटन व्यवसायी उत्साहितः आर्थिक क्षेत्र चलायमान हुने विश्वास
स्याङ्जामा ६ सय विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
अमेरिका–इरान वार्तामा गति, पाकिस्तानको नयाँ प्रस्ताव
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
जबर्जस्ती करणीका फरार अभियुक्त १८ वर्षपछि पक्राउ
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
प्रतिक्रिया