नेपालमा भित्रियो मनसुन, सरदरभन्दा बढी वर्षा हुने
मौसमविद् भन्छन् : बुधबारसम्म घाम लाग्ने सम्भाबना छैन

काठमाडौं । नेपालमा शुक्रबारदेखि मनसुन सुरु भएको छ । मनसुन भित्रिएसँगै मुलुकका धेरै ठाउँमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर बंगालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण शुक्रबार नेपालको पूर्वीभागमा मनसुन प्रवेश भएको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार, मनसुन भित्रिएसँगै नेपालमा बागमतीदेखि कर्णालीसम्मको पहाडी क्षेत्र र प्रदेश १ को केही भूभागमा ठूलो पानी पर्ने देखिएको छ ।
मनुसुन भित्रिएसागै यो बर्ष सुरुआतमै पानी पर्न थालेको छ भने आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानमा पानी पर्ने सम्भाबना रहेको प्रधानांगले बताए ।
गत वर्ष मनसुन फैलिएको एक सातापछि मात्रै देशभर वर्षा भएको थियो ।
नेपालमा जेठ अन्तिमदेखि असोज पहिलो सातासम्म मनसुनी वर्ष सुरु हुन्छ । मौसमविद्हरुका अनुसार नेपालमा करिब १ सय दिन सम्म मनसुन सक्रिय हुन्छ ।
जल तथा मौसम विज्ञान विभागले यो वर्ष जेठ १८ देखि असोज १४ सम्मलाई मनसुन अवधि मानेको छ । तर आकलन गरिएको मितिभन्दा एक साताअघि नै मनसुन प्रवेश भएको छ ।
यस वर्ष प्रदेश २ को पूर्वी र प्रदेश १ तराई क्षेत्रबाहेक मुलुकका धेरैजसो स्थानमा मौसम प्रतिकूल रहने पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा वर्षभरि हुने वर्षाको ८० प्रतिशत पानी मनसुनमै पर्ने भएकाले पनि यो समयमा बाढीपहिरोका घटना धेरै हुने गरेका छन् ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनी अवधिमा १८ लाख जनसंख्या बाढीपहिरोको उच्च जोखिममा रहेको आकलन गरिसकेको छ । जसमा बाढीबाट १७ लाख र पहिरोबाट एक लाख १७ हजार जनसंख्या प्रभावित हुने देखिएको छ ।
गत वर्ष पहिरोमा परी दुई सय ९६ जनाको मृत्यु भएको थियो भने बाढीमा ४३ जनाको ज्यान गएको थियो । यो वर्ष बाढीपहिरोका घटना अझ बढ्ने आकलन मौसमविद्ले गरेका छन् ।















रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
इजरायली आक्रमणबाट लेबनानमा मृत्यु हुनेको संख्या ९००
एनआरएनए विश्व सम्मेलनको घोषणापत्रः लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
राष्ट्रङ्घकाे बहुपक्षीय सहकार्य विस्तारमा नेपालको जोड
प्रतिक्रिया