प्रधानमन्त्री विरुद्ध बागमति प्रदेश सभामा आपत्तिजनक अभिब्यक्ति

काठमाडौं । बागमति प्रदेश सभाको बैठकमा कांग्रेस सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी ओली विरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएका छन् । उनको अभिब्यक्तिलाई लिएर उनकै पार्टी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समेत शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन गरेका छन् ।
प्रदेश सभा बैठकमा प्रधानमन्त्रीमाथी आपत्तिजनक अभिब्यक्ति दिईरहँदा सम्म न सभामुखले नै रोकेका थिए, न कुनै पनि सांसदले नियमापत्ति जनाएका थिए । त्यसैमा उत्तेजनामा आएर बैद्यले प्रधानमन्त्रीमाथी आपत्तिजनक अभिब्यक्ति दिएका हुन् ।
वैद्यले शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै प्रधानमन्त्री विरुद्ध ‘नाथुराम गोड्से हुन तयार रहेको’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त विवादित र आपत्तिजनक अभिव्यक्तिको अहिले समाजिक सन्जालमा आलोचना भईरहेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘सडकमा राख्नुपर्ने संयम संसद्मा गुमाउन पाइन्न’ भन्दै आत्मालोचना गर्न भनेका छन् । शर्माले भनेका छन्, ‘आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न । शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ । तर्कले आपत्तिजनक शब्द छोप्ने हाम्रो परम्परा छैन।’
उनले प्रदेश सभा बैठकमा त्यस्तो विवादास्पद अभिब्यीक्त दिईरहँदा चुपचाप बसेको एमाले सांसदले सामाजिक सन्जालमा चर्काे आलोचना भएपछि भने यसलाई राजनीतिक मसला बनाउने तयारी गरेको छ ।
के भनेका थिए बैद्यले ?
ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया