मूर्तिलाई लिएर झगडा हुँदा भाइको मृत्यु
मेरोन्यूज
२०७८ जेठ २९ गते १२:१८
काठमाडौँ । महोत्तरीमा घरमा भएको मूर्तिलाई लिएर झगडा हुँदा भाइको मृत्यु भएको छ । महोत्तरीको लोहरपट्टी गाउँपालिकास्थित भ्रमरपुरामा दाजुभाइबीच झगडा हुँदा भाइ लक्ष्मणको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
अंशबण्डा भएको लामो समयपछि दुई भाइबीच घर देउतालाई लिएर कुटपिट हुँदै आएको थियो । तर, शुक्रबार ५० वर्षीय दाइ रामचन्द्र साहसहित परिवारले घरमा एक्लै रहेका ४५ वर्षीय भाइलाई कुटपिट गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका लक्ष्मणको उपचारका क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
भाइको मृत्युपछि दाइसहित उनका परिवार फरार छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित












मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया