नरोत्तम वैद्यले प्रदेशसभामा माफी माग्दै भने- आवेशमा बोले, माफी चाहान्छु

हेटौडा । प्रधानमन्त्री केपी ओलीका विरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएका काग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले लिखित रुपमै माफी माग्दै आफनो विवादास्पद भनाई फिर्ता लिएका छन् ।
शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित अभिब्यक्ति फिर्ता लिएका हुन् ।
वैद्यले शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै प्रधानमन्त्री विरुद्ध ‘नाथुराम गोड्से हुन तयार रहेको’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले बैठकमा भनेका थिए,–‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? ’
उनको त्यो अभिब्यक्तिले फौजदारी कानुन आर्कर्षित हुने भन्दै एमालेले आपत्ति र विरोध जनाएको थियो । स्वंम काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि पार्टीको तर्फबाट तत्काल अभिब्यक्ति फिर्ता लिएर माफी माग्न वैद्यलाई निर्देशन गरेका थिए ।
त्यसपछि उनले आज प्रदेश सभा शुरु भएलगत्तै सभामुखसँग समय माग गरेर माफी मागेका हुन् ।
शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा त्यस्तो अभिव्यक्ति दिएको ले आत्मआलोचित हुादै अभिब्यक्ति फिर्ता लिने बताएका थिए ।
उनले आफनो शुक्रवारको त्यस्तो अभिब्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरेका थिए । सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
ताप्लेजुङमा भूकम्प गयो
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया