मंगलबार, जेठ ६, २०८२

नरोत्तम वैद्यले प्रदेशसभामा माफी माग्दै भने- आवेशमा बोले, माफी चाहान्छु

मेरोन्यूज २०७८ जेठ २९ गते १२:४०

हेटौडा । प्रधानमन्त्री केपी ओलीका विरुद्ध आपत्तिजनक अभिब्यक्ति दिएका काग्रेसका प्रदेश सभा सदस्य नरोत्तम वैद्यले लिखित रुपमै माफी माग्दै आफनो विवादास्पद भनाई फिर्ता लिएका छन् ।

शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना सहित अभिब्यक्ति फिर्ता लिएका हुन् ।

वैद्यले शुक्रबार प्रदेश सभाको बैठकमा बोल्दै प्रधानमन्त्री विरुद्ध ‘नाथुराम गोड्से हुन तयार रहेको’ विवादास्पद अभिव्यक्ति दिएका थिए । उनले बैठकमा भनेका थिए,–‘ओली यसरी आइरहेको छ कि आफ्नो सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरिराखेको छ । यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही नाथुराम गोड्से आवश्यक पर्‍यो है, अब यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ? ’

उनको त्यो अभिब्यक्तिले फौजदारी कानुन आर्कर्षित हुने भन्दै एमालेले आपत्ति र विरोध जनाएको थियो । स्वंम काग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि पार्टीको तर्फबाट तत्काल अभिब्यक्ति फिर्ता लिएर माफी माग्न वैद्यलाई निर्देशन गरेका थिए ।

त्यसपछि उनले आज प्रदेश सभा शुरु भएलगत्तै सभामुखसँग समय माग गरेर माफी मागेका हुन् ।

शनिबारको बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको भन्दै आफू हत्याहिंशामा विश्वास नगर्ने र गान्धीवादी नेता भए पनि आवेशमा त्यस्तो अभिव्यक्ति दिएको ले आत्मआलोचित हुादै अभिब्यक्ति फिर्ता लिने बताएका थिए ।

उनले आफनो शुक्रवारको त्यस्तो अभिब्यक्ति संसदको रेकर्डबाट हटाउन समेत माग गरेका थिए । सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

प्रतिक्रिया