आइतबार, चैत २२, २०८२

अवैध घरेलु हतियारसहित भारतीय पक्राउ

मेरोन्यूज २०७८ जेठ २९ गते १३:०५

सप्तरी । सप्तरी प्रहरीले अवैध घरेलु हतियारसहित एक भारतीयलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा विहार राज्यको मधुबनी जिल्लाको बोगटियाका २४ वर्षीय जितेन्द्र मण्डल रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Advertisement
nepal life insurencenepal life insurence

बिओपी स्वर्णपट्टीबाट सहायक प्रहरी नायब निरीक्षक चन्द्रबहादुर यसमाली नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले मण्डललाई नेपाल प्रवेश गर्न लागेका अवस्थामा बोदे बरसाइन–९ स्वर्णपट्टीबाट पक्राउ गरेको काफ्लेले बताए । मण्डललाई घरेलु हतियारसहित आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया