३ हजार ३८४ जनामा कोरोना पुष्टि, ६१ जनाको निधन
मेरोन्यूज
२०७८ जेठ २९ गते १६:५२

काठमाडौँ । नेपालमा गत २४ घण्टामा ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा मृत्यु हुनेको संख्या ६१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, सोही अवधिमा ६ हजार २९५ जना संक्रमण मुक्त भई घर फर्किएका छन् । नेपालमा हालसम्म पुष्टि भएका कोरोना बिरामीको संख्या ६ लाख २२ हजार हाराहारीमा छ भने सक्रिय संक्रमितको संख्या करिब ७५ हजार रहेको छ ।
त्यस्तै कुल मृत्यु हुनेको संख्या ८ हजार तीन सय नाघेको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा कुल १४ हजार ४९४ जनाको परीक्षण गरिएको थियो ।
सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
प्रतिक्रिया