गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पोखरेल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य हुन् । उनलाई विपक्षी गठबन्धनको समर्थन रहेको थियो । पोखरेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिय जनता पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । प्रदेश सभामा ६० सदस्य रहेका छन् । मुख्यमन्त्री हुनका लागि ३१ सदस्यको आवश्यकता पार्छ ।
बिहिबार निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिएका थिए । तर, उनले विश्वासको मत नपाएपछि शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को ५ बमोजिम २४ घण्टाको लागि आह्वान गरेकी थिइन् । त्यपछि विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पोखरेलले बहुमत सहित मुख्यमन्त्रीमा प्रदेश प्रमुख सामु दावी पेश गरेका थिए ।
यो पनि पढ्नुहोस्
कांग्रेसका तर्फबाट गण्डकी प्रदेशकाे नेतृत्व गर्न लागेका कृष्णचन्द्र काे हुन् ?










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया