गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
पोखरेल नेपाली कांग्रेसका प्रदेश सभा सदस्य हुन् । उनलाई विपक्षी गठबन्धनको समर्थन रहेको थियो । पोखरेललाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्टिय जनता पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको थियो । प्रदेश सभामा ६० सदस्य रहेका छन् । मुख्यमन्त्री हुनका लागि ३१ सदस्यको आवश्यकता पार्छ ।
बिहिबार निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिएका थिए । तर, उनले विश्वासको मत नपाएपछि शुक्रबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को ५ बमोजिम २४ घण्टाको लागि आह्वान गरेकी थिइन् । त्यपछि विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पोखरेलले बहुमत सहित मुख्यमन्त्रीमा प्रदेश प्रमुख सामु दावी पेश गरेका थिए ।
यो पनि पढ्नुहोस्
कांग्रेसका तर्फबाट गण्डकी प्रदेशकाे नेतृत्व गर्न लागेका कृष्णचन्द्र काे हुन् ?
















मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
आजको मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया