गण्डकी प्रदेशको गृहमन्त्रीमा मनाङेले गरे दाबी

काठमाडौँ । प्रदेशको गृहमन्त्रालयको कामकारबाही गर्ने गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा दिपक मनाङले दाबी गरेका छन् । विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएसँगै उनले प्रदेशको गृहमन्त्रीमा दाबी गरेका हुन् ।
यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी युवा तथा खेलकुदमन्त्री भएका थिए । तर, गुरुङले प्रदेश सभामा विश्वासको मत नपाएपछि पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । गुरुङले प्रदेश सभामा विश्वासको मत नपाएपछि पोखरेलले विपक्षी गठबन्धनको तर्फबाट संविधानको धारा १६८ ९५० अनुसार बहुमतसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
उनलाई प्रदेश प्रमुखले आज नै मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । अब गण्डकी प्रदेश सरकार गठन गर्ने तयारी भइरहँदा मनाङले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दाबी गरेका हुन् ।










सरकारसँग वार्ता गर्न राष्ट्रियता बचाउ अभियानद्वारा तीन सदस्यीय टोली गठन
डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवस स्वागत समारोहमा सहभागी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
कतार पठाउन लागेका दुई हात्तीको बिदाइ
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया