गण्डकी प्रदेशको गृहमन्त्रीमा मनाङेले गरे दाबी

काठमाडौँ । प्रदेशको गृहमन्त्रालयको कामकारबाही गर्ने गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रीमा दिपक मनाङले दाबी गरेका छन् । विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्य गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएसँगै उनले प्रदेशको गृहमन्त्रीमा दाबी गरेका हुन् ।
यसअघि पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा उनी युवा तथा खेलकुदमन्त्री भएका थिए । तर, गुरुङले प्रदेश सभामा विश्वासको मत नपाएपछि पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ ९५० अनुसार मुख्यमन्त्री नियुक्त गरेकी हुन् । गुरुङले प्रदेश सभामा विश्वासको मत नपाएपछि पोखरेलले विपक्षी गठबन्धनको तर्फबाट संविधानको धारा १६८ ९५० अनुसार बहुमतसहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
उनलाई प्रदेश प्रमुखले आज नै मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । अब गण्डकी प्रदेश सरकार गठन गर्ने तयारी भइरहँदा मनाङले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा दाबी गरेका हुन् ।
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया