बूढानीलकण्ठमा एमालेका मेयरले ज्येष्ठ नागरिककाे सट्टा आफ्ना कार्यकर्तालाई खाेप लगाए

काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकमा नेकपा (एमाले) काे ओली पक्षीय मेयरले ज्येष्ठ नागरिककाे सट्टा आफ्ना कार्यकर्तालाई खाेप लगाएकाे माओवादीले आराेप लगाएकाे छ ।
मेयर उद्धव खरेलले तोकिएको मापदण्डको खिल्ली उडाउँदै तोकिएका खोप केन्द्रमा घण्टौं घाममा बुढाबुढीलाई उभ्याएर खोपै नलगाई घर फर्काउने र त्यही समयमा नगरपालिका कार्यलयमा आफ्ना कार्यकर्ता र तिनका आफन्तलाई बोलाएर कम उमेर समूहका मानिसलाई समेत खोप लगाउने कार्य गरेको सप्रमाण फेला पारेकाे माओवादीले जनाएकाे छ ।
बूढानीलकण्ठमा तोकिएका तीनवटा खोप केन्द्र बालउद्धार मावि, कपन, नेशनल आइडियल मावि, मण्डीखटार र गणेश मावि बूढानीलकण्ठमा खोप लगाउनुपर्नेमा ती केन्द्रहरुमा पठाइएका खोपहरु फिर्ता लगेर कार्यालयमा कार्यकर्तालाई लगाइएको पाइएको माओवादीकाे भनाइ छ ।
त्यसैगरी २८ गते शुक्रबार बालउद्धार माविमा पठाइएको ५ सयवटा खोपमध्य ३ बजेसम्म केन्द्रमा १३४ वटा मात्रै खोप लगाइएको र बाँकी नगरपालिकामा फिर्ता लगिएको छ ।
बचत रहेको खोप मेयर स्वयम् बसेर आफ्ना कार्यकर्ता र आफन्तलाई लुकाइछिपाई लगाएको जानकारी बाहिरिएपछि नगरपालिका कार्यालय पुगेका जनताले एमालेका २५ देखि ४४ वर्ष उमेरका मानिसहरुले लाइन लागेर धमाधम खोप लगाइरहेको, नाम र उमेर लेखिएका खोप कार्ड, प्रयोग गरिएका भ्याक्सीनका हज्जारौं खालि बट्टालगायत भेटिएकाे थियाे ।
खाेपका विषयमा मेयर र स्वास्थ्य प्रमुखसँग सोधपुछ गर्दा जवाफ दिनुको सट्टा सशस्त्र प्रहरी बल बोलाएर प्रश्नकर्तामाथि दमन गरिएको माओवादीले जनाएकाे छ । उक्त घटना निन्दीय, पासविक, मानवताविरोधी, समाजविरोधी र भत्सर्नायाेग्य रहेकाे माओवालीकाे निष्कर्ष छ ।
माओवादीले जनताको अमूल्य मतबाट प्राप्त अधिकार दुरुपयोग गरी जनताको जीवनसँग खेलवाड गर्ने मेयर, वडाध्यक्षहरु र स्वास्थ्य प्रमुखलाई कानुनी कारबाहीको दायरामा ल्याई सशक्त कारबाही गर्न मागसमेत गरेकाे छ । खाेपकाे कार्यक्रममा अधिकारप्राप्त जनप्रतिनिधिबाटै भएको व्यापक अनियमितता र बदमासीप्रति माओवादीले गम्भीर ध्यानाकृष्ट भएकाे जनाएकाे छ ।














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया