प्रदेश सरकार परिवर्तन भएसँगै गण्डकीका मुख्य न्यायाधिवक्ताले दिए राजीनामा
मेरोन्यूज
२०७८ जेठ ३० गते ९:३२

पोखरा । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । गण्डकी प्रदेश सरकार परिवर्तन भएलगत्तै घिमिरेले राजीनामा दिएका हुन् ।
एमालेका पृथ्वीसुब्बा गुरुङले विश्वासको मत गुमाएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल गण्डकीको मुख्यमन्त्री नियुक्त भएका छन् ।
मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको सल्लाहकार हुने भएकाले सरकार परिवर्तन भएसँगै मुख्य न्यायाधिवक्ता पनि परिवर्तन हुने गर्दछ ।
मुख्यमन्त्रीले आफुलाई सहज हुने व्यक्तिलाई मुख्य न्यायाधिवक्ता चयन गर्छन ।
सम्बन्धित
प्रतिक्रिया