सुनको मूल्य आज प्रतितोलामा कति सस्तो ?
मेरोन्यूज
२०७८ जेठ ३० गते ११:५३

काठमाडौँ । साताको पहिलो दिन सुन तोलामा ६ सय रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि कारोबार मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ ।
गत शुक्रवार तोलामा ११ सय रुपैयाँले बृद्धि भएर प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा मूल्य घटेपनि स्थानीय बजारमा भने चाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रवार तोलामा १५ रुपैयाँले घटेर प्रति तोला एक हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८७६ ८७ डलर भएकोछ । चाँदी प्रतिऔंस २७.९२ डलरमा कारोबार भइरहेको छ ।
गत शुक्रवार मूल्य बढ्ने क्रममा सुन प्रतिऔंस १८९९. १७ डलर र चाँदी प्रतिऔंस २८. ०७ डलरमा कारोबार भएको थियो ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया