प्रदेश प्रमुख झाको मुख्यमन्त्री राउतलाई पत्र : मन्त्रिपरिषद् समावेशी बनाऊ

काठमाडौँ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन पत्र लेखेका छन् । प्रदेश प्रमुख झाले प्रदेश २ को सरकार बनाउँदा गैरमधेसी ९पहाडे समुदाय० लाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै मुख्यमन्त्रीलाई आइतबार पत्र पठाएका हुन् ।
प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई पठाएको पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ, ‘प्रदेश २ मा मूलतः मधेसी समुदायका नागरिकको वसोबास रहेको भएता पनि गैर मधेसी पहाडी मूलका नागरिकहरुको पनि उल्लेख्य बसोबास रहेकोछ । प्रदेशको मन्त्रिपरिषदमा उल्लेखित जाति समुदाय र वर्गको अनुहार प्रतिविम्वित हुनुपर्छ भन्ने कुरामा द्विविधा हुन सक्दैन ।’ केहीदिन अगाडि मुख्यमन्त्री राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद्को विस्तार गरेका थिए ।
यसअघि प्रदेश नम्बर २ मा राष्ट्रि जनता पार्टी जसपाको एकल सरकार थियो । जसपा दुइृ धारमा विभाजन भएपछि राउतले महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा समावेश गरेका थिए ।




















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
प्रतिक्रिया