प्रदेश प्रमुख झाको मुख्यमन्त्री राउतलाई पत्र : मन्त्रिपरिषद् समावेशी बनाऊ

काठमाडौँ । प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झा अहिराजले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी बनाउन पत्र लेखेका छन् । प्रदेश प्रमुख झाले प्रदेश २ को सरकार बनाउँदा गैरमधेसी ९पहाडे समुदाय० लाई समावेश नगरिएको, महिलालाई पनि प्राथमिकता नदिइएको र मधेसी दलितलाई पनि सहभागी नगराइएको भन्दै मुख्यमन्त्रीलाई आइतबार पत्र पठाएका हुन् ।
प्रदेश प्रमुखले मुख्यमन्त्रीलाई पठाएको पत्रमा संविधानको मर्म र भावनाअनुसार मन्त्रिपरिषदमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसंख्यक, युवा, किसान, श्रमिक आदिको समावेशिता अनिवार्य गरिनुपर्ने उल्लेख गरिएको छ ।
पत्रमा भनिएको छ, ‘प्रदेश २ मा मूलतः मधेसी समुदायका नागरिकको वसोबास रहेको भएता पनि गैर मधेसी पहाडी मूलका नागरिकहरुको पनि उल्लेख्य बसोबास रहेकोछ । प्रदेशको मन्त्रिपरिषदमा उल्लेखित जाति समुदाय र वर्गको अनुहार प्रतिविम्वित हुनुपर्छ भन्ने कुरामा द्विविधा हुन सक्दैन ।’ केहीदिन अगाडि मुख्यमन्त्री राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिपरिषद्को विस्तार गरेका थिए ।
यसअघि प्रदेश नम्बर २ मा राष्ट्रि जनता पार्टी जसपाको एकल सरकार थियो । जसपा दुइृ धारमा विभाजन भएपछि राउतले महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा समावेश गरेका थिए ।

















दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया