नेप्सेले हटायो एओएन

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले व्यापार व्यवस्थापन प्रणालीमा रहेको एओएन फिचर आज आइतबारबाट हटेको छ । एओएन अर्थात कि सबै देउ÷लेउ या एउटै नदेउ÷नलेउ फिचर बन्द भएको स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन् ।
नेपाल स्टक एक्सचेन्जले राखेको एओएन के हो भन्ने आम लगानीकर्तामा चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्सले धितोपत्र बोर्डको निर्देशनपछि बन्द गरिएको जनाएको छ । एओएन प्रयोग हँुदा लगानीकर्तालाई सबै बिक्री हुने र नहुने प्रष्ट हुनुका साथै विकल्प पनि हुने पराजुलीले जानकारी दिए ।
उनले भने,“ जसमा लगानीकर्ताले आफूसँग भएको सेयर टुक्राएर खरिद बिक्री गर्न पाउँदैन एकैसाथ सेयर खरिद बिक्री गर्न सक्छन् । तर, यो सुविधाको गलत प्रयोग गरी ठूलो मात्रामा शेयरलाई एओएनमा राखी अन्य लगानीकर्तालाई भ्रममा पारेको गुनासो लगानीकर्ताको रहेको छ ।” यस्ता लगानीकर्ताले ठूलो मात्रामा खरिदका लागि राख्ने र चाप देखाउने गरेको नेप्सेको दाबी छ ।
प्रवत्ता पराजुलीका अनुसार पछिल्ला दिनका एओएनमा कृत्रिम कारोबार भएको गुनासो बढ्न थालेपछि नेप्सेले एओएन नै बन्द गरेको हो । एओएन हटाउँदा कसैलाई पनि हानी नोक्सानी हुँदैन । यो बिक्री अर्थात खरिद दुबैतर्फ लागु हुने भएकाले हानी हुँदैन ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया