देशमा देखिएको भाइरसबाट पार्टी जोगाऔँ : अध्यक्ष थापा
मेरोन्यूज
२०७८ जेठ ३० गते १४:३७

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पार्टीलाई अग्रणी शक्ति बनाउन समय नलाग्ने बताएका छन् । उनले देशमा देखिएको राजनीतिक गतिरोधलाई भाइरसको उपमा दिँदै यसबाट आफ्नो पार्टीलाई जोगाउने पहिलो प्राथमिकता भएको बताए ।
यस्तै, उनले राज संस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुने विश्वास व्यक्त गरे । ‘यदाकदा देखिएको भाइरस प्रवृत्तिबाट पार्टी जोगाउन सक्यौँ भने राज संस्थासहितको प्रजातन्त्र र हिन्दुराष्ट्र स्थापना हुन तथा राप्रपालाई अग्रणी शक्ति बनाउन समय लाग्दैन,’ उनले भने ।
आफ्नो सामाजिक सञ्जालमा लेख्दै उनले थपे, ‘गणतन्त्र, संघीयता र धर्म निरपेक्षता आफ्नै अन्तर्विरोध र असफलताबाट धराशयी हुनु अवश्यभावी छ, विगतका घटनाक्रम यसको प्रमाण हो ।’
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया