बौद्धमा भेटिएको खुट्टा महिलाको भएको पुष्टि
चार जनाले फालेको सिसिटिभीमा देखियो
मेरोन्यूज
२०७८ जेठ ३० गते १५:४०

काठमाडौँ । गत जेठ २५ गते बौद्धको नयाँ बस्तीमा बोराभित्र परालले प्याक गरी फालेको अवस्थामा भेटिएको मानिसको खुट्टा र केही अंग महिलाको भएको पाइएको छ ।
बौद्धको नयाँ बस्तीस्थित ‘टाउन प्लानिङ’मा भेटिएको उक्त खुट्टा युवतीको भएको पोस्टमार्टम र डिएनए परीक्षणले पुष्टि गरेको हो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले गरेको पोस्टमार्टम र डिएनए परीक्षणबाट खुट्टा महिलाको भएको खुलेको हो ।
प्रहरीका अनुसार उक्त खुट्टा चार जना युवाले बोरामा राखेर फालेको पाइएको छ । घटनास्थल वरिपरिका सिसिटिभी फुटेजबाट प्रहरीले बौद्ध गेटबाट चार युवाले बोरामा खुट्टा बोकेर ल्याएको देखिए पनि मध्यराति भएकाले भिडियो स्पष्ट नदेखिएकाले पहिचान गर्न नसकिएको प्रहरीले जनाएको छ ।
टाउको र शरीरका अन्य भाग नभेटिनु, खुट्टा मात्रै भेटिएकाले प्रहरीलाई अनुन्धानमा थप चुनौती बनाएको छ ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया