फर्जी व्यक्तिले पूर्व मुख्यमन्त्री गुरुङको पक्षमा पत्र लेखे : जसपा
मेरोन्यूज
२०७८ जेठ ३० गते १५:५४

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई समर्थन रहेको भन्दै जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट पत्र लेख्ने अनिल परियार पार्टीको साधारण सदस्यसमेत नरहेको जनाइएको छ ।
जसपाले प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश समितिको अध्यक्ष भनि परियार भन्ने व्यक्तिले चलानी नम्बर १।०७७।७८ मा पत्र लेखेको जसपाले जनाएको छ । पार्टीले गण्डकी प्रदेश समितिको अध्यक्षमा मोति रिजाल भएको स्पष्ट पारेको छ ।
‘हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्टाम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालसाजी र फर्जी कार्य हो, यस प्रकारको अनधिकृत कार्य नगर्न पनि सम्बन्धितलाई चेतावनीका साथै सचेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी
मोरङको पाँच स्थानमा बर्डफ्लु
चैत २० देखि अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेला
एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
प्रतिक्रिया