फर्जी व्यक्तिले पूर्व मुख्यमन्त्री गुरुङको पक्षमा पत्र लेखे : जसपा
मेरोन्यूज
२०७८ जेठ ३० गते १५:५४

काठमाडौँ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई समर्थन रहेको भन्दै जनता समाजवादी पार्टी (जसपा)को तर्फबाट पत्र लेख्ने अनिल परियार पार्टीको साधारण सदस्यसमेत नरहेको जनाइएको छ ।
जसपाले प्रेस विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश समितिको अध्यक्ष भनि परियार भन्ने व्यक्तिले चलानी नम्बर १।०७७।७८ मा पत्र लेखेको जसपाले जनाएको छ । पार्टीले गण्डकी प्रदेश समितिको अध्यक्षमा मोति रिजाल भएको स्पष्ट पारेको छ ।
‘हुँदै नभएको हैसियतमा फर्जी र नक्कली लेटरप्याड, स्टाम्प बनाई प्रयोग गरी दिग्भ्रमित गर्ने कार्य अनैतिक, जालसाजी र फर्जी कार्य हो, यस प्रकारको अनधिकृत कार्य नगर्न पनि सम्बन्धितलाई चेतावनीका साथै सचेत गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित
प्रतिक्रिया