झण्डै ३ लाख भ्रष्टाचार गर्ने सचिव पक्राउ
मेरोन्यूज
२०७८ जेठ ३० गते १६:१२
काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उप महानगरपालिका (साविक अमलेखञ्ज गाविस)मा कार्यरत तत्कालीन गाविस सचिव विजयकान्त झाले दुई लाख ८१ हजार भ्रष्टाचार गरेको खुलेको छ । उनले आर्थिक वर्ष २०७०–०७१ र २०७१–०७२ मा उक्त रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
उनले नाला खन्ने तथा कुलो निर्माण गर्ने काममा वास्तविक लागतभन्दा १ एक लाख ३४ हजार २३५ रुपैयाँ बढी भुक्तानी लिएका थिए । यस्तै, शौचालय निर्माण तथा महिलालाई दिएको सिलाई कटाई तालिम शीर्षकमा एक लाख ४७ हजार ५ सय रुपैयाँ हिनामिना गरेको देखिएको आयोगले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध आयोगले कूल दुई २ लाख ८१ हजार रुपैयाँ बिगो कायम गरी थप कारबाही प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित










एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता
एमएडब्लु वृद्धिद्वारा नेपालगञ्जमा अत्याधुनिक डोङफेङ र दीपाल शोरुमको उद्घाटन
महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधार : मेयर बालेन
एक क्वीन्टलबढी गाँजासहित सुनसरीबाट दुई जना पक्राउ
युवाको माग सम्बोधन गर्न केन्द्रीय सदस्यमा मेरो निरन्तरता आवश्यक : कमला वोहरा (अन्तर्वार्ता)
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
आज उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै, कसले जित्ला एनपीएल ?
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै
प्रतिक्रिया