झण्डै ३ लाख भ्रष्टाचार गर्ने सचिव पक्राउ
मेरोन्यूज
२०७८ जेठ ३० गते १६:१२
काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उप महानगरपालिका (साविक अमलेखञ्ज गाविस)मा कार्यरत तत्कालीन गाविस सचिव विजयकान्त झाले दुई लाख ८१ हजार भ्रष्टाचार गरेको खुलेको छ । उनले आर्थिक वर्ष २०७०–०७१ र २०७१–०७२ मा उक्त रकम हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।
उनले नाला खन्ने तथा कुलो निर्माण गर्ने काममा वास्तविक लागतभन्दा १ एक लाख ३४ हजार २३५ रुपैयाँ बढी भुक्तानी लिएका थिए । यस्तै, शौचालय निर्माण तथा महिलालाई दिएको सिलाई कटाई तालिम शीर्षकमा एक लाख ४७ हजार ५ सय रुपैयाँ हिनामिना गरेको देखिएको आयोगले जनाएको छ ।
पक्राउ परेका उनीविरुद्ध आयोगले कूल दुई २ लाख ८१ हजार रुपैयाँ बिगो कायम गरी थप कारबाही प्रक्रिया अघि बढाइएको छ ।
सम्बन्धित
















गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको ४८ घण्टे अल्टिमेटम इरानद्वारा अस्वीकार
ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आजबाट सुनुवाइ हुने
रोकिएको किसान सूचीकरण पुनः सुरु
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया