थप २,४०७ जनामा कोरोना पुष्टि, ३,९९४ जना निकाे भए
मेरोन्यूज
२०७८ जेठ ३० गते १६:४६

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५३७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९४ जनामा कोरोना र एन्टिजेन ४ हजार ८८९ जनामा गर्दा ७१३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो समय पीसीआर परीक्षण गर्नेको दरमा कमी आएको मन्त्रालयले जनाएको छ ।
बढी कोरोना संक्रमण हुनेको संख्या २० देखि ६० वर्ष उमेरका रहेका उनले जानकारी दिए । पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना कोरोना मुक्त भएका छन् । सोही अवधिमा कोरोनाका कारण ४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया