विज्ञापन व्यवसायीलाई उपेक्षा गर्यो : विज्ञापन संघ

काठमाडौं । नेपाल विज्ञापन संघ (आन)ले विज्ञापन व्यवसायीलाई उपेक्षा गरी एकद्वार नीति ल्याउन लागिएको भन्दै विरोध जनाएको छ ।
आइतबार नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले विज्ञापन बोर्डले ऐन, कानुन तथा निर्देशिका बनाउँदा विज्ञापन एजेन्सीको भुमिकालाई खुम्च्याउने गरेको आरोप लगाए । उनले ऐन, कानुनलाई विज्ञापन व्यवसायीमैत्री बनाउनुपर्नेमा जोड दिए ।
अध्यक्ष धितालले बोर्डले सरकारी विज्ञापन दामासाही तरीकाले बाड्नुपर्ने धारणा राखेकाले सञ्चारमाध्यमको प्रभाव, पहुँचका आधारमा दिनुपर्नेमा जोड दिए ।
आनका अध्यक्ष धितालले विज्ञापनमा एकद्वार नीति सञ्चार माध्यम, विज्ञापन व्यवसायी र सरकार सबैको लागि प्रत्युत्पादक रहेको उल्लेख गरे ।
उनले भने,“एकद्वार नीति एकदमै प्रत्युत्पादक छ । सञ्चारमाध्यमलाई पनि र सरकारलाई पनि प्रत्युत्पादक छ । त्यसैले यो व्यवस्था अनुसार हुनुहुँदैन भन्ने हाम्रो माग हो । त्यसैले एकद्वार प्रणाली खारेज गर्नुपर्छ । विज्ञापन क्षेत्रको उत्थानका लागि विज्ञापन बोर्डले काम गर्नुपर्छ ।”
विज्ञापन क्षेत्रको विस्तारका लागि मिडियाको उन्नतिको लागि, विज्ञापन व्यवसायीहरुको स्तरोन्नतिको लागि विज्ञापन बोर्डले काम गर्नुपर्ने अध्यक्ष धितालको दाबी थियो ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
प्रतिक्रिया