प्रधानमन्त्रीलाई मार्ने धम्की दिने वैद्यविरुद्ध मुद्दा दायर

काठमाडौँ । बागमती प्रदेशका नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता भएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उनीविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।
एमालेनिकट युवा संघका जिल्ला नेताले मुद्दा दर्ता गराएका हुन् । हत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको मकवानपुरका प्रहरी कार्यालयले जनाएको छ ।
वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने धम्की दिँदै नाथुराम गोड्सेको आवश्यक परेको अभिव्यक्ति दिएका थिए । उनले अरू गोड्से बन्न तयार नभए आफै बन्ने अभिव्यक्ति दिएसँगै आलोचना भएको थियो । यससँगै उनले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागेका थिए ।
भारतीय नागरिक गोड्सेले ब्रिटिस उपनिवेशविरुद्ध आन्दोलन गर्ने महात्मा गान्धीको हत्या गरेका थिए ।













माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा
माघेसङ्क्रान्ति मेला भर्न देवघाटमा भक्तजनको भीड
कांग्रेस सभापति गगन थापा र टिमलाई बाबुराम भट्टराईको शुभकामना
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया