प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित, प्रदेशको नामकरण सदनमा पेश हुने

काठमाडौँ । प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आइतबारबसेको बैठकमा वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभा नियमावली २०७४ को नियम ३८(१) बमोजिम आगामी आर्थिक वर्षका लागि सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट सदनमा गत जेठ २७ गते नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो ।
यस्तै, मुख्यमन्त्री शेरधन राईले सोही दिन सदनमा वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए । दुई दिन नीति तथा कार्यक्रममा छलफल हुँदा पहिलो दिन १० जनाले र दोस्रो दिन २२ जना सांसदले आ–आफ्ना राय, सुझाव र विचार व्यक्त गरेका थिए ।
मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफमा आज सांसदहरुको सल्लाह, सुझाव, राय र विचारलाई मार्गदर्शकको रुपमा लिने बताए । उनले सरकारले कोरोना भाइरस (कोभिड–१९)बाट आम नागरिकलाई बचाउन पहिलो प्राथमिकतामा राखेको धारण राखे ।
मुख्यमन्त्री राईले समृद्धि बाजा बजाएर वा धुप बालेर नआउने भएकाले यसका लागि खोज र अविष्कार गर्नु पर्ने बताउँदै सरकार घरेलु उत्पादनलाई ‘ब्राण्ड’ बनाउने दिशामा रहेको बताए । उनले यस अधिवेशनमा प्रदेशको नामकरण गर्ने प्रस्ताव पनि सदनमा पेश हुने जानकारी दिए ।
नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट शेखरचन्द्र थापा, नेकपा (माओवादी केन्द्र)को तर्फबाट मोहनचन्द्र खड्का र जनता समाजवादी पार्टीको तर्फबाट जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए । सांसद यादवको सबै बुँदाहरु मुख्यमन्त्री राईले स्वीकार गरेपछि सो प्रस्ताव उनले फिर्ता लिएका थिए ।
अन्य दुई दलले दर्ता गरेको प्रस्ताव फिर्ता नलिएपछि बहुमतबाट अस्वीकृत भएको थियो । प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपरान्ह ३ बजे बस्ने सभामुख सरस्वती पोखरेलले जानकारी दिए ।










सिंहदरबारमा सुरक्षा परिषद् बैठक जारी
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिम
कम्बोडियामा बस नदीमा खस्दा १३ जनाको मृत्यु
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
प्रतिक्रिया