प्रधानमन्त्रीको जीवन रक्षा गर्न माग
मेरोन्यूज
२०७८ जेठ ३० गते २०:३२
काठमाडौँ । कर्णाली प्रदेशसभाका सदस्य मिनासिंह रखालले प्रधानमन्त्री केपी शर्मा ओलीको जीवन रक्षाको माग गरेका छन् ।
प्रदेशसभाको आठौँ अधिवेशनको सातौँ बैठकमा जारी नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै उनले प्रधानमन्त्रीको जीवन रक्षा हुनु पर्ने बताएका हुन् ।
“मान्छे मार्छु भन्ने सर्वसाधारणलाई ज्यान मार्ने कसुरमा मुद्दा चल्छ भने प्रदेशसभा सदस्यको हकमा के कानून छ र ?” प्रश्न गर्दै उनले भने, “त्यसैले म भन्न चाहन्छु, सांसदले रोष्टमबाट मान्छे मार्ने अभिव्यक्ति दिएपछि उनलाई कारबाही हुन्छ कि हुँदैन ? अभिव्यक्ति फिर्ता लिएर मात्र हुँदैन ।”
उनले प्रधानमन्त्री ओलीको जीवन रक्षाका लागि त्यस्तो अभिव्यक्ति दिने सांसदलाई हिरासतमा राखी कारबाही गर्न माग गरे ।
सम्बन्धित














ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
झापामा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, १२ जना घाइते
गगन पक्षीय कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्दै
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया