चुपचाप छु !

चुपचाप छु धेरै दिनदेखि
किनकी बाहिर
निस्पट्ट अन्धकार छ ।
बादल मडारिरहेको छ
आकाश झन झन
बेतोडले गर्जिरहेछ
र, चौपायाहरू तल फाँटमा
बेसुरले भागिरहेछन् ।
उता गइरहेछन्
यता फर्किइरहेछन्
पुच्छर उचालेर डुक्रिदै कुदिरहेछन्
उताबाट यता र यताबाट उता
कति घाइते छन्, भागदौडमा
रमिता छ अजीवको, तमासा छ !
तर, म चुपचाप छु धेरै दिनदेखि
किनकी बाहिर निस्पट्ट अन्धकार छ ।
सायद आकाश खुल्ने छैन अब
र, सूर्य जन्मने छैन फेरि
र, चर्को घामको कुरा हुने छैन यहाँ
सन्नाटा अझै बढ्ने छ
र, आवाजहरू अझै क्षीण हुनेछन् ।
र, झोसिने छन् चिसो ओसमा
चेतनाका अणुहरूलाई
मानिसहरू निशब्द हुँदै जाने छन्
शब्द, भाव, विवेक र चिन्तनको
निशस्त्रिकरण अथवा नि:शब्दीकरण
तर पनि म चुपचाप छु धेरे दिनदेखि
किनकी बाहिर निस्पट्ट अन्धकार छ ।
चौपायाहरूको भाग दौडको परिणत
बलिदानीको प्रतिमूर्ति
लोकतन्त्रको चौतारी
तल फाँटमा छिन्नभिन्न
भएको छ रे
कुल्चिएर, ठोकिएर
धुजाधुजा गरिएको छ रे
त्यो छहारी
विदीर्ण र कामै नलाग्ने भएपछि
सोचिरहेछु ! देखिरहेछु ! र सम्झिरहेछु !
मेरा मूल्यहीन रगत र पसिनाका
थोपाहरू
किंकर्त व्यविमुढ भएको छु
र, केही अनुमान गर्न सकिरहेको छैन म
किनकी बाहिर निस्पट्ट अन्धकार छ ।
बाहिर निस्पट्ट अन्धकार छ ।
सूर्य विनायक, भक्तपुर













कांग्रेस विशेष महाधिवेशन : सहभागीको नाम दर्ता जारी
पशुपन्छीमा जथाभावी ‘एन्टिबायोटिक’ प्रयोग नगर्न आग्रह
मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
आइतबार बढ्यो सुनको भाउ, चाँदी पनि महँगियो
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
प्रतिक्रिया