आइतबार, चैत १०, २०८१

मेलम्चीको पानी नआउने भएपछि केयुकेलको वितरण तालिका संशोधन (सूचना सहित)

मेरोन्यूज २०७८ जेठ ३१ गते ९:१८

काठमाडौं । असार १ गतेबाट मेलम्चीको पानी नआउने भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेलले पानी वितरणको तालिका संशोधन गरेको छ ।

संशोधित तालिका अनुसार अब काठमाडौं उपत्यकावासीको धारामा हप्तामा एक दिन मात्र पानी आउने छ ।

मेलम्चीको पानी नआउन्जेलसम्म ग्राहकलाई वितरणका लागि हुने खानेपानी परिमाणको कमीलाई ध्यानमा राखी हालको खानेपानी वितरण तालिकामा बाध्यात्मक फेरबहल गर्नुपरेको केयुकेलले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणका लागि खाली गर्नुपर्ने भएकाले भोलि असार १ गते मंगलबारदेखि दुई महिना मेलम्चीको पानी आयात वन्द हुने छ ।

मेलम्ची खानेपानी विकास समितिको गत बिहीबार बसेको बैठकले सुरुङ परिक्षण गर्न करिब दुई महिना पानी आपूर्ति वन्द हुने जानकारी गराएको थियो ।

निर्माणको काम सकिएपछि परिक्षण गरेर मात्र पानी आयात गर्नुपर्नेमा सरकारको उद्घाटन गर्ने हतारोले गर्दा सुरुङ लगायत भौतिक संरचनाको परिक्षण नै नगरी गत चैत १५ गतेबाट काठमाडौंवासीलाई पानी वितरण गरिएको थियो ।

परिक्षणका क्रममा कुनै समस्या नदेखिए दुई महिना पछि पानी आयात नियमित हुने विकास समितिले जनाएको छ ।

कुनै खराबी देखिए पुनर्निर्माण सकिएपछि मात्रै पानी आयात हुने छ । मेलम्चीबाट अहिले दैनिक १७ करोड लिटर पानी आयात हुँदै आएको थियो । अब पानी वितरण कसरी हुन्छ त हेर्नुस केयुकेलको सूचनामा

प्रतिक्रिया