मेलम्चीको पानी नआउने भएपछि केयुकेलको वितरण तालिका संशोधन (सूचना सहित)

काठमाडौं । असार १ गतेबाट मेलम्चीको पानी नआउने भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेलले पानी वितरणको तालिका संशोधन गरेको छ ।
संशोधित तालिका अनुसार अब काठमाडौं उपत्यकावासीको धारामा हप्तामा एक दिन मात्र पानी आउने छ ।
मेलम्चीको पानी नआउन्जेलसम्म ग्राहकलाई वितरणका लागि हुने खानेपानी परिमाणको कमीलाई ध्यानमा राखी हालको खानेपानी वितरण तालिकामा बाध्यात्मक फेरबहल गर्नुपरेको केयुकेलले जनाएको छ ।
मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणका लागि खाली गर्नुपर्ने भएकाले भोलि असार १ गते मंगलबारदेखि दुई महिना मेलम्चीको पानी आयात वन्द हुने छ ।
मेलम्ची खानेपानी विकास समितिको गत बिहीबार बसेको बैठकले सुरुङ परिक्षण गर्न करिब दुई महिना पानी आपूर्ति वन्द हुने जानकारी गराएको थियो ।
निर्माणको काम सकिएपछि परिक्षण गरेर मात्र पानी आयात गर्नुपर्नेमा सरकारको उद्घाटन गर्ने हतारोले गर्दा सुरुङ लगायत भौतिक संरचनाको परिक्षण नै नगरी गत चैत १५ गतेबाट काठमाडौंवासीलाई पानी वितरण गरिएको थियो ।
परिक्षणका क्रममा कुनै समस्या नदेखिए दुई महिना पछि पानी आयात नियमित हुने विकास समितिले जनाएको छ ।
कुनै खराबी देखिए पुनर्निर्माण सकिएपछि मात्रै पानी आयात हुने छ । मेलम्चीबाट अहिले दैनिक १७ करोड लिटर पानी आयात हुँदै आएको थियो । अब पानी वितरण कसरी हुन्छ त हेर्नुस केयुकेलको सूचनामा



















लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
३३ अंकले घट्यो सेयर बजार
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
प्रतिक्रिया