निजामती कर्मचारीलाई दिएको सुविधा शिक्षकलाई पनि दिनु : कांग्रेस
काठमाडौँ । गत जेठ १५ गते प्रस्तुत भएको बजेट भाषणमा अर्थ मन्त्री विष्णु पौडेलले आन्तरिक पर्यटनको विकास गर्न निजामती कर्मचारीहरूलाई तलबसहित १० दिन भ्रमण गर्न दिने बताएका थिए । तर, ती कर्मचारीले भ्रमणका लागि आफ्नो गृह जिल्ला र ससुराली वा माइती जिल्ला रोज्न नपाउने भएका थिए ।
सरकारले निजामती कर्मचारीलाई लक्षित गरी ल्याइएको यस सुविधा शिक्षक र प्राध्यापकलाई भने समेट्न सकेको थिएन् । जसलाई नेपाली कांग्रेसले निजामती कर्मचारीका लागि मात्र दिइएको यस प्रकारको सुविधा शिक्षक र प्राध्यापकलाई पनि दिन आग्रह गरेको छ ।
कांग्रेस शिक्षा विभागका सचिव डा कृष्णप्रसाद रिजालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले बजेटमार्फत् निजामती कर्मचारीको लागि मात्र दिएको उक्त सुविधा शिक्षक र
प्राध्यापकलाई पनि दिनु पर्ने माग राखेको हो ।
‘अध्यादेशमार्फत् ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा निजामती सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधामा शिक्षक र प्राध्यापकलाई विभेद गरेको छ । निजामती कर्मचारीलाई १० लाखको सामूहिक दुर्घटना बिमा र एक लाख रूपैयाँको स्वास्थ्य बिमा प्रिमियम बापतको रकम नेपाल सरकारे व्यहोर्ने निर्णय गरे पनि सोबाट समेत शिक्षक र प्राध्यापकलाई बञ्चित गरिएकोमा विभाग खेद प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।










नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
सिञ्जाको रनुखानामा झोलुङ्गे पुल निर्माण
न्युयोर्कका नवनिर्वाचित मेयर मम्दानीलाई भेट्दै ट्रम्प
अनलाइन ठगीबाट जोगिन प्रहरीको सात बुँदे अनुरोध
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया