इजरायलका प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको बधाई
मेरोन्यूज
२०७८ जेठ ३१ गते १२:२२

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई दिएका छन् । उनले आइतबार फोन गरी प्रधानमन्त्री बेनेटलाई बधाई दिएका हुन् ।
इजरायलमा नाफतली बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको समाचारमा जनाइएको छ ।
त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्को कुनै देश नरहेको बताएको समाचारमा जनाइएको छ ।
इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा रहेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
सम्बन्धित
















नेपालीको उद्धार गर्न आजदेखि खाडी राष्ट्रमा विशेष उडान
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया