इजरायलका प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको बधाई
मेरोन्यूज
२०७८ जेठ ३१ गते १२:२२

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका नवनियुक्त प्रधानमन्त्री नाफतली बेनेटलाई बधाई दिएका छन् । उनले आइतबार फोन गरी प्रधानमन्त्री बेनेटलाई बधाई दिएका हुन् ।
इजरायलमा नाफतली बेनेट आइतबार मात्र प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले आइतबार राति नै प्रधानमन्त्री पदको सपथ लिएको समाचारमा जनाइएको छ ।
त्यस फोनवार्ताका क्रममा अमेरिकाले आगामी दिनमा पनि विगतमा जस्तै इजरायलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस फोनवार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकाको इजरायलभन्दा नजिक अर्को कुनै देश नरहेको बताएको समाचारमा जनाइएको छ ।
इजरायलमा लामो समयदेखि प्रधानमन्त्रीका रुपमा सेवा रहेका बेन्जामिन नेतान्याहु बाहिरिएपछि आइतबार मात्र बेनेट इजरायलको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
सम्बन्धित
प्रतिक्रिया