खुवालुङ ढुंगाको संरक्षण गरी पानी जहाज सञ्चालन गर्न अध्ययन गर्नु : मन्त्री नेम्वाङ

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले पानी जहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएका छन् । उनले पानी जहाज कार्यालयलाई अध्ययन गर्न यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग भएको छलफलमा सबै कार्यालयहरूलाई आफ्नो पक्षबाट काम गर्न निर्देशन दिएको हो । उनले भने, ‘नदीनालामा साना डुंगाहरू सञ्चालन गर्ने, सम्भाव्यता अध्ययन गर्ने र आगामी आर्थिक वर्षको बजेटमा समावेश भएका कार्यक्रमलाई कार्यान्वयन गर्नेतर्फ तदरुकताका साथ ध्यान दिन अनुरोध गर्न चाहान्छु ।’
यस्तै, उनले पानी जहाज सञ्चालनका लागि रुट बनाउँदा विवादमा आइरहेको खुवालुङको ढुंगाको संरक्षण गर्ने बताए । खुवालुङको सम्बन्धमा उठेका जनआवाजलाई ध्यान दिने उनको भनाई थियो ।
‘खुवालुङको सम्बन्धमा उठेको जनआवाजलाई ध्यान दिएका छौँ, खुवालुङको संरक्षण गर्दै त्यसलाई नचलाइकन गर्दैछौँ,’ उनले भने, ‘त्यसलाई ध्वस्त पारेर, नष्ट पार्न गर्न खोजेको होइनौँ ।’
आगामी दिनको कार्य योजना स्पष्ट रुपमा बनाएर काम गर्न पनि उनले पानी जहाज कार्यालयलाई निर्देशन दिएका छन् । त्यसैगरी उनले यातायात व्यवस्था विभागले हालसम्म कुनै प्रगति देखाउन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
















सुरक्षा निकायका प्रमुखसहित ‘कन्ट्रोल रुम’बाट निर्वाचन क्षेत्रको ‘मनिटर’ गर्दै गृहमन्त्री
६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
बालेन सवार हेलिकप्टर झापामा अवतरण गर्न सकेन
दोलखाको मालुमा तनावपछि मतदान रोकियो
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानी आक्रमणमा अमेरिकी एफ-१५ लडाकु जेट कुवेतमा खस्याे
प्रतिक्रिया