बामदेव गौतम र विष्णु पौडेलबीच ४ घण्टा छलफल

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम र उप प्रधानमन्त्रीसमेत रहेका विष्णु पौडेलबीच ४ घण्टा लामो भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार बिहान गौतम निवासमा भेट भएका हुन् ।
दुई नेताबीच करिब ४ घण्टा भेटवार्ता भएको उपाध्यक्ष गौतमको सचिवालयले जानकारी दिएको छ ।
सर्वोच्च अदालतले एमाले महाधिवेशन आयोजक कमिटीका नाममा भएका कारबाहीका निर्णयलाई मान्यता नदिने आदेशसँगै दुई नेताबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सर्वोच्चको आदेशसँगै २०७५ जेठ २ कै अवस्थामा पार्टी संरचनामा बैठक बोलाउनेबारे छलफल भएको जनाइएको छ ।
सर्वोच्चको आदेशसँगै पार्टीमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षमा अलमल देखिएको छ । त्यसका लागि ओलीले आफू निकटका नेताहरूसँग परामर्श गरिरहेका छन् । सोही क्रममा ओलीले आफू निकट नेता पौडेललाई गौतमसँग भेट्न गर्न पठाएका हुन् ।
प्रतिक्रिया