युरो कपमा आज तीन खेल हुँदै, कुन टिमसँग कुन भिड्दै ?

काठमाडौँ । युरोकप फुटबलअन्तर्गत सोमबार तीन खेलहरू हुने भएको छ । खेलहरू साँझ ६ः४५ बजे सुरु हुनेछ ।
युरोकपमा आज समूह ‘डी’को एक खेल र समूह ‘ई’को दुई खेलहरू हुनेछ । पहिलो खेलमा स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ ।
घरेलु मैदानमा स्कटल्याण्ड जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छ । तर, बलियो टिम चेक रिपब्लिकविरुद्ध जित निकाल्न सहज हुने छैन । रिपब्लिक पनि जित निकाल्ने योजनामा हुनेछ ।
यस्तै, दोस्रो खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्ने छन् । समूह ‘ई’मा रहेका पोल्याण्ड र स्लोभाकियाबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । युरोपियन फुटबलमा दुई पावरहाउस टोलीबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह ‘ई’मा रहेका स्पेन र पोल्याण्डबीचको खेल स्पेनको घरेलु मैदानमा हुनेछ ।
स्पेन युरोकपकै सर्वाधिक सफल टिम हो । स्पेनले तीनपटक उपाधि जितिसकेको छ । एजेन्सी


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया