शेयरमा आज पनि नयाँ रेकड

काठमाडौँ । पछिल्लो समय शेयर कारोबारमा देखिएको सुधारमा आज सोमबार नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचञ्जले जनाएको छ ।
साताको दोस्रो कारोबार हुने दिन सोमाबर शेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार २५ रुपैयाँ ८२ पैसामा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । स्टक एक्सचेञ्जका अनुसार कारोबार खुलेको केही मिनेटमा नै बजार परिसूचक उच्च अंकले वृद्धि भएकोले समग्र मापकमा उल्लेख्य सुधार देखिएको हो । १ घण्टाको कारोबारमा ५४ दशमलब ९९ अंकले बढ्दै ३०३८ दशमलब १ बिन्दुमा शेयर कारोबार पुगेको थियो ।
कारोबार हुने अन्तिम समयमा बजार परिसुचक ४२ दशमलब ७२ अंकले सुधार आएको छ । १ घण्टामा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा १ दशमलब ४३ प्रतिशतले वृद्धि भई १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५ सय १९ रुपैयाँ बराबरका ३ करोड ५० लाख २७ हजार ३ सय ३६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जको मापकमा उल्लेख छ ।
पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले दाबी छ ।









इन्डोनेसियाको जकार्तामा अब कुकुर, बिरालो र चमेरोको मासु बेच्न नपाइने
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक विस्तार सुरु
रवि बोपाराको अर्धशतकमा चितवनले विराटनगरलाई दियाे १७५ रनको लक्ष्य
सर्वोच्च अदालत जलाएको आरोपमा ल क्याम्पसका पूर्व सभापति ढुंगेल पक्राउ
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
छुटे दुर्गा प्रसाईं
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रतिक्रिया