शेयरमा आज पनि नयाँ रेकड

काठमाडौँ । पछिल्लो समय शेयर कारोबारमा देखिएको सुधारमा आज सोमबार नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचञ्जले जनाएको छ ।
साताको दोस्रो कारोबार हुने दिन सोमाबर शेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार २५ रुपैयाँ ८२ पैसामा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।
यसअघि आइतबारमात्रै २ हजार ९ सय ८३ मा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । स्टक एक्सचेञ्जका अनुसार कारोबार खुलेको केही मिनेटमा नै बजार परिसूचक उच्च अंकले वृद्धि भएकोले समग्र मापकमा उल्लेख्य सुधार देखिएको हो । १ घण्टाको कारोबारमा ५४ दशमलब ९९ अंकले बढ्दै ३०३८ दशमलब १ बिन्दुमा शेयर कारोबार पुगेको थियो ।
कारोबार हुने अन्तिम समयमा बजार परिसुचक ४२ दशमलब ७२ अंकले सुधार आएको छ । १ घण्टामा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएकोमा कारोबार बन्द हुँदा अघिल्लो दिनको तुलनामा १ दशमलब ४३ प्रतिशतले वृद्धि भई १८ अर्ब ८८ करोड ४० लाख ३१ हजार ५ सय १९ रुपैयाँ बराबरका ३ करोड ५० लाख २७ हजार ३ सय ३६ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जको मापकमा उल्लेख छ ।
पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले दाबी छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया