आयोगको निर्णयविरुद्ध जसपाका यादव पक्ष सर्वोच्च जाने

काठमाडौँ । निर्वाचन आयोगले बहुमत कार्यकारिणी समितिले गरेको निर्णयलाई निर्वाचन आयोगले मान्यता नदिएको भन्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्ष सर्वाेच्च अदालत जाने भएको छ ।
आयोगले यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई गरेको कारबाही र महन्थ पक्षले यादव पक्षलाई गरेको कारबाही दुवैलाई आधिकारिक मान्न नसकिने भन्दै वैधानिकता दिन नसकिने निर्णय गरेको थियो । आइतबार बसेको आयोगको बैठकले दुवै अध्यक्षलाई पार्टीको कारबाही मान्य नहुने जानकारी गराएको थियो ।
५१ सदस्यीय कार्यकारिणी समितिमध्ये ३१ जनाको बहुमतले निर्णय गर्दा पनि वैद्यानिकता नदिने आयोगको निर्णयमा पूर्वाग्राहीपन झल्किएको र त्यसले आफूहरुमाथि अन्याय भएको भन्दै यादव पक्ष सर्वाेच्च जाने निर्णयमा पुगेको हो । आयोगले मागे बमोजिमका कागजात पेस गर्दा पनि प्रक्रिया पुगेन भन्नु एकतर्फी निर्णय भएको भन्दै यादव र जसपाका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष अदालत जाने भएका हुन् ।
पार्टी विधानअनुरुप कार्यकारिणी सदस्यहरूको बहुमतले गरेको निर्णय मान्य हुने भए पनि त्यो विधान, बहुमत सदस्य उपस्थित रहेको र त्यसैका आधारमा निर्णय गरेको भन्दै माइन्यूट हस्ताक्षर, संशोधित विधान निर्वाचन आयोगले दिएको फरम्याट बुझाउँदा पनि प्रक्रिया पुगेन भन्नु आपत्तिजनक भएको यादव समूह भनाई छ ।
गत १८ जेठमा सत्ता समीकरणबारे विवाद हुँदा जसपामा अध्यक्ष यादवले अर्का अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, तथा कार्यकारिणी सदस्यहरू सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरी आयोगलाई निर्णय अध्यावधिक गरिदिन पत्र पठाएका थिए ।
लगत्तै अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई पनि सोही अनुरुपको कारबाही गरी अध्यावधिक गरिदिन पत्र पठाएका थिए । आयोगले त्यसैदिन राजनीतिक दलसम्बन्धी नियमावली २०७३ को अनुसूची १८ को फारामसमेत भरेर त्यस अनुरुपका कागजात पठाउन भनेको थियो ।
यादव समूहले त्यो अनुरुपका सबै कागजात बुझाएको थियो । तर ठाकुर समूहले त्यसअनुरुपका कागजात बुझाएको थिएन । दुवैका दाबी अध्ययन गर्दा कुनैको पनि नियमसंगत नदेखिएको निर्णय आयोगले आइतबार गरेको हो ।














मंगलबार पनि बढ्याे नेप्से, २३ अंकले बढ्दा १४ अर्ब ८३ करोडकाे काराेबार
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
इराकमा हवाई आक्रमण,हसद अल–शाबीका १५ जना लडाकु मारिए
ग्यास पाइपलाइन र भण्डारण पूर्वाधार निर्माणको प्रस्ताव भारतसमक्ष प्रस्तुत, प्रत्युत्तरको प्रतीक्षामा निगम
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
प्रतिक्रिया