कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
मेरोन्यूज
२०८२ चैत १० गते ७:५७

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।
आजको बैठकमा पार्टीको १५औँ महाधिवेशन बोलाउनेलगायतका विषयमा छलफल हुने बुझिएको छ । कांग्रेसले आगामी भदौ २४ गते संस्थापक बीपी कोइरालाको जन्मजयन्ती पारेर महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको छ ।यसअघि गत शुक्रबार र आइतबार पनि केन्द्रीय समिति बैठक बसेको थियो ।
उक्त बैठकले फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा भएको पराजयको समीक्षाका साथै पार्टी सभापति गगन कुमार थापाले दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको थियो ।
पार्टी केन्द्रीय समितिले सर्वसम्मत रुपमा सभापति थापाको राजीनामा अस्वीकृत गरेपछि उनी आजको बैठकमा उपस्थित हुने नेताहरुले बताएका छन् ।शुक्रबार र आइतबार उपसभापति विश्वप्रकाश शर्माले बैठक चलाएका थिए ।
सम्बन्धित


















मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै
यस्तो छ आज कृषिउपजको थोक मूल्य
प्रधानमन्त्रीले आज समानुपातिक सांसदहरूसँग अन्तरक्रिया गर्ने
आजको मौसम : पहाड र हिमालमा बादल, तराईमा सफा
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
प्रतिक्रिया