बुधबार, वैशाख २, २०८३

गगन थापाले भने- हतार र हतासमा राजीनामा दिएको थिइनँ

मेरोन्यूज २०८२ चैत १० गते १४:३४

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूले दिएको राजीनामा कुनै हतार, हतास वा दबाबका कारण नभई पूर्ण रूपमा जिम्मेवारीबोधका आधारमा दिएको बताएका छन्।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको बताए। ‘यो निर्णय हतार वा हतासमा आएको होइन, न कुनै दबाबका कारण हो, जवाफदेहीताको भावना अनुसार मैले यो कदम चालेको हुँ,’ उनले भने।

सभापति थापाले निर्वाचनपछि नै राजीनामा दिने योजना बनाएको सुनाए। उनले पार्टी विधानअनुसार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा पेश गरेको बताउँदै उपसभापतिले केन्द्रीय समितिमा प्रस्तुत गर्ने व्यवस्था रहेको उनले बताए।

प्रतिक्रिया