संसारकै महंगो कारको मुल्य कति ?

काठमाडौँ । विभिन्न विशेषता भएको कारको मूल्य ३ अर्ब २७ करोड ६२ लाख २९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
संसारको सबैभन्दा महंगो गाडी कस्तो होला ? अनि त्यसको मूल्य कति पर्ला ? अटो पारखीहरूलाई मात्र होइन, यो साधारण व्यक्तिको पनि चासोको विषय भएको छ ।
बेलायती अटोमोबाइल निर्माता कम्पनी रोल्स–रोयस मोटर कार निर्माताले हालसालै संसारकै सबैभन्दा महंगो गाडी ‘रोल्स–रोयस बोट टेल’ गाडी सार्वजनिक गरेको छ । जसको मूल्य धनाढ्यलाई समेत ‘महंगो’ लाग्न सक्छ ।
‘द २०२१ रोल्स–रोयस बोट टेल’ चार–सिटर लक्जरी कार हो । जसको लम्बाई १९ फिटको छ । यसको बाहिरी आवरण ढुङ्गाको जस्तै देखिन्छ । यो डिजाइन रोल्स–रोयस स्वेप्टेल कारबाट प्रेरित डिजाइन हो । ‘रोल्स–रोयस बोट टेल’ सार्वजनिक हुनु अघिसम्म ‘रोल्स–रोयस स्वेप्टेल’ संसारको सबैभन्दा महंगो कार थियो ।
जुन सन् २०१७ मा २ अर्ब ११ करोड २८ लाख ८७ हजार ३ सय रुपैयाँको कार बजारमा आएको थियो ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया